सेयर बजार २१३० अंकमा ओर्लियो

Jagaran Post १८ जेष्ठ २०७९, बुधबार १६:२३

काठमाडौँ — सेयर बजारको परिसूचक नेप्से बुधबार २१३० अंकमा ओर्लिएको छ । यो अंक १७ महिनायताकै न्यून हो । हिजो मंगलबार ३५ अंक घटेको नेप्से आज बुधबार ७.२१ अंकले घटेको हो । कारोबार रकम पनि घटेको छ । मंगलबार १ अर्ब ३१ करोडको कारोबार भएकोमा बुधबार १ अर्ब ७ करोडमा खुम्चियो ।

विकास बैंक २१, जलविद्युत् १६ र फाइनान्स उपसमूह ५ अंक बढे । बैंकिङ ५, होटल तथा पर्यटन ९, जीवन बीमा १५५, उत्पादन ३३, लघुवित्त १३, निर्जीवन बीमा १५७ र ब्यापार उपसमूह ३३ अंकले घटे । धेरैजसो कम्पनीको मूल्य बढे पनि समग्र परिसूचक नेप्से घटेको हो । उच्च पुँजीकरणका कम्पनीको मूल्य घटेकाले यस्तो प्रभाव देखिएको हो । कुल १०१ कम्पनीको मूल्य बढ्दा ८४ को घट्यो भने १० को स्थिर रह्यो । दुई कम्पनीको मूल्य करिब १० प्रतिशत बढेको छ । मैलुङ खोला जलविद्युतको मूल्य १० प्रतिशत बढ्यो । बलेफी हाइड्रोको मूल्य ९.९ प्रतिशत बढ्यो । रकमका आधारमा धेरै कारोबार हुने कम्पनीमा इन्भेष्टमेन्ट बैंक, हिमालयन डिस्टिलरी, शिखर इन्स्योरेन्स, एनआईसी एसिया बैंक, अरुण काबेली रहे । शिखर इन्स्योरेन्सको मूल्य १० प्रतिशत तथा इन्भेष्टमेन्ट बैंकको ७ प्रतिशत घट्यो ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६