प्रधानमन्त्री देउवा र काठमाडौंका मेयर साहबीच भेट

Jagaran Post १८ जेष्ठ २०७९, बुधबार १८:३१

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले भेटेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न मेयर साह बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार मेयर साह बुधबार प्रधानमन्त्री निवास पुगेका हुन् । ‘भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताउनुभएको छ,’ देउवा र साहबीचको भेटबारे परियारले भने, ‘महानगर प्रमु्ख साहले आफू महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।’

मेयरमा निर्वाचित भएपछि पहिलोपटक साहले प्रधानमन्त्रीलाई भेटेका हुन् । प्रधानमन्त्रीले स्वतन्त्रबाट निर्वाचित काठमाडौंका मेयर साहलाई बधाई दिएका थिए ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८