बुटवल – कपिलबस्तु प्रहरीले किशोरी अपहरण तथा सामुहिक बलत्कारमा सम्लग्न रुपन्देहीको कन्चन गाउपालिका रुद्रपुरका ६ जना युवालाई नियन्त्रणमा लिएको छ।
मंगलबार सांझ कपिलबस्तुको बांणगंगाबाट १४ बर्षिय किशोरीको अपहरण गरी रुपन्देहीको कन्चन गाउपालिका वडा नं ४ रुद्रपुरमा ल्याई सामुहिक बलत्कार गर्ने ६ युवा लाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा रुपन्देहीको कन्चन गाउपालिका वडा नं ५ का १९ बर्षिय निरज कार्की, वडा नं ४ का १९ बर्षिय राहुल सिंन्जाली,सोही ठाउका १९ बर्षिय सुलभ केसी, कन्चन गाउपालिका वडा नं ३ का १९ बर्षकै लक्ष्मण रसाईली, १९ बर्षकै अमित कंडेल र १९ बर्षकै सौरव थापा रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक जेसी शाहले बताए।
अनुसार स्थानीय बजारमा सांस्कृतीक कार्यक्रम हेर्न पुगेकी ति किशोरीलाई अपहरण गरी लगेको सूचनाका आधारमा खोजी गर्दै जादा उनीहरुलाई रुपन्देहीबाट नियन्त्रणमा लिएको हो।
अपहरणकारीहरुले ति किशोरीलाई अपहरण गरी कन्चन गाउपालिका वडा नं ४ मा रहेको लक्ष्मण रसाईलीको घरमा लगेर सामुहिक बलत्कार गरेका थिए।
मंगलबार राती नै अपहरण गरी लगेको सुचना पाउना साथ जिल्ला प्रहरी कार्यालयले प्रहरी नायव उपरिक्षक शाहको नेतृत्वमा टोली परिचालन गरी खोजी कार्यलाई सक्रिय बनाएको कपिलबस्तु प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताए।
कार्कीका अनुसार पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट अनुमती लिई शरिर बन्धक अपहरण तथा जवरजस्ती करणी मुद्धामा अनुसन्धान गरीएको छ। भने पिडीत किशोरीको स्वास्थ्य परिक्षण गरी परिवारको जिम्मा लगाईएको छ।