आन्तरिक एवं बाह्य शक्तिद्वारा कुशलतापूर्वक घटाईएको दरवार हत्याकाण्ड

Jagaran Post १९ जेष्ठ २०७९, बिहीबार २२:२५
चन्द्रमणी गौतम   हिमालयन सेन्टिमेन्ट लगायत आधा दर्जन खोजमूलक पुस्तकका लेखक तथा ८/९ वटा पुस्तकका सहलेखक, प्रो. वाङ् खोङ्वे (१९३६– ) बेइजिङ्को सत्ताका भरपर्दा बुद्धिजीवी मानिन्छन् । दरवार हत्याकाण्ड बारे उनको खुलासा निकै रोचक मानिन्छ।
प्रो. वाङ् खोङ्वे , चिनिया थिङ्क्ट्याङ्क/  तस्विर स्रोत : चन्द्रमणी गौतम / फेसबुक।
इन्स्टिच्युट अफ एसियन प्यासिफिक स्टडिज र इन्स्टिच्युट अफ चाईनिज एकेडेमी अफ सोसल साइन्सेजका प्राध्यापक र शांघाईस्थित चाईनिज एसोसिएसन फर साउथ एसिया स्टडिजका सल्लाहकार पनि रहिसकेका यिनी चीनको कुनै सरकारी ओहोदामा भने रहेनन् । तर नेपाल र दक्षिण एशिया विज्ञ मानिएका यी उच्च दिमागका विश्लेषक एकताका नेपालसम्बन्धी नीति निर्माण प्रक्रियामा चीनमा सर्वाधिक प्रभाव राख्ने आधिकारिक व्यक्तिकै समकक्षी बुद्धिजीवी मानिन्थे ।
राजा महेन्द्रको पालादेखि नै नेपालविज्ञका रुपमा कार्यरत, धेरै सोच–बिचार पुर्याएर बोल्ने भनी मानिएका ८४ वर्षीय प्रो. वाङ् उसैबेलादेखि दर्जनौँ पटक नेपालको भ्रमणमा आए । उनले २०६४ कात्तिक ९ गते नेपाल साप्ताहिकका तत्कालीन सम्पादक सुधीर शर्मासँग गरेको अन्तर्वार्ता निकै खुलस्त थियो । त्यसलाई आजको लागि सान्दर्भिक हुने दृष्टिकोणले यहाँ प्रस्तुत गरिएको हो ।
प्रो. वाङ्को उक्त अन्तर्वार्ता नेपाल सा. को सोही अन्तर्वार्तामा उल्लेखित छ ।
तस्विर स्रोत : चन्द्रमणी गौतम / फेसबुक।
(नेपाल सा., आईतबार, १८ कात्तिक २०६४, पृ. २८ मा प्रकाशित टिप्पणी र अन्तर्वार्ताको आधारमा) ।
वास्तबमा नेपालमा राजतन्त्र समाप्त भएर गणतन्त्र आएपछि परिवर्तनका संवाहकहरू पराजित मानसिकतामा  पुग्नु तर विदेशी शक्ति आक्रामक र निर्णायक हुँदैजानु वर्तमान परिवर्तन अभिशाप भएको विशेषता हो ।
यिनै प्रो. वाङ् ०६३ साउनमा एकसाता लामो नेपाल भ्रमणमा आएको बेला उनले काभ्रेको कामिडाँडामा रहेको माओवादीको शिविरमा पुगेर निरिक्षणमात्र गरेनन् माओवादीको सैन्य ड्रेस लगाएर वर्तमान मन्त्री वर्षमान पुनसँग बसेर फोटो खिचेको तस्बीर र विवरण नेपाल साप्ताहिकको ३ असार २०६४ को मुखपृष्ठ र पृ. २६ मा पनि छापियो । यसको राजनीतिक अर्थ के हुन्छ ? परिवर्तनका संवाहकले अर्थ लगाउनु जरुरी हुन्छ ।

 

तस्विर स्रोत : चन्द्रमणी गौतम / फेसबुक।
चिनियाँसँग उनीहरूलाई नेपालमा  भूमिका बढाउन आमन्त्रित गर्ने, भारतीय वा अमेरिकीसँग भेट हुँदा पनि त्यसै गर्ने ‘प्रचण्डपथ’ र उनका का ‘सहयात्री’ बनेका नेताहरूका गतिविधिका कारण नेपालको हालत दिनानुदिन खराब हुँदैगएको हो ।
०६३ साउनकै भेटका बेला तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डले चीनलाई नेपालमा खुलेआम भूमिका खेल्न गरेको आग्रह (हे. फोटो)

 

तस्विर स्रोत : चन्द्रमणी गौतम / फेसबुक।
र केही वर्षअघि प्रचण्डको तर्फबाट कृष्णबहादुर महराले एक चिनियासँग प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि ५० जना सांसद किन्न ५० करोड रुपैयाँ मागेको चर्चित प्रकरण केको द्योतक हो ? के यस्तै आपराधिक मनपरिको लागि थियो त यो परिवर्तन ?
आश्चर्य लाग्छ ज्योतिषको भविष्यवाणी मिल्न जाँदा । ०५८ बैशाख १ गते प्रकाशित यो ज्योतिष भविष्यवाणी राम्रोसँग पढ्नु

 

तस्विर स्रोत : चन्द्रमणी गौतम / फेसबुक।
यो प्रकाशनको डेढमहिनापछि हुन गएको दरवार हत्याकाण्ड कसरि ठ्याक्कै मिल्यो
यसमा लेखिएको छ, “राज्यसत्ताको फेरबदल हुनेछ ।….वर्षको आरम्भ वा अन्त्यमा राष्ट्रिय व्यक्तिको बिलय हुन सक्छ । ….राष्ट्रले विश्वासघातको पीडा खप्नुपर्ने छ । जेठ १५ गतेदेखि राष्ट्रिय कलह अनियन्त्रित हुनेछ । त्यसैले राष्ट्रिय संकट निम्त्याउने छ ।

 

कान्तिपुरमा यो लेख छापिएको मा यसका तत्कालीन सम्पादक युवराज घिमिरे लगायत प्रकाशक समुहका सबैलाई सरकारले नियन्त्रणमा लिएर हनुमानढोका प्रहरी हिरासतमा राख्यो। तस्विर स्रोत : चन्द्रमणी गौतम / फेसबुक।

 

 

दीपेन्द्रले दरबार हत्याकाण्डमा चलाएको अमेरिकी अत्याधुनिक राईफल देखाउँदै उच्चस्तरीय छानबिन आयोगका संयोजक तथा तत्कालीन सभामुख तारानाथ रानाभाट, तस्विर स्रोत : चन्द्रमणी गौतम / फेसबुक।
Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८