मोदिले धोए सफाई कर्मचारिका खुट्टा (फोटो फिचर)

जागरणपोस्ट १२ फाल्गुन २०७५, आईतवार १५:५३

भारत – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुम्भमा सहभागी सरसफाइकर्मीका गोडा धुँदै सम्मान प्रकट गरेका छन्। मोदीले कुम्भको विशाल क्षेत्रमा स्वपच्छता कायम गरी उदाहरणीय काम गरेको भन्दै प्रशंसा पनि गरेका छन्।

मोदी कुम्भ स्नानका गर्न प्रयागराज आइपुगेका छन्। उनले त्यहाँस्थित संगमघाटमा पूजाअर्चना पनि गरेका छन्। उनले ट्विट गर्दै लेखेका छन्, ‘कुम्भमा स्‍नान गर्ने सौभाग्‍य मिल्यो। १ अर्ब ३० करोड भारतीयको कल्‍याणका लागि प्रार्थना गरेँ।’

यसै क्रममा उनले कुम्भमा सरसफाइ गर्दै आएका व्यक्तिसँग भेट गरी गोडा धोएका हुन्। मोदीले उनीहरूलाई कपडा पनि लगाइदिए।

प्रयागराजमा चलिरहेको कुम्भमा २५ करोड व्यक्तिले स्नान गरेका छन्। कुम्भमा उत्कृष्ट सरसफाइ गरेको भन्दै उनीहरूप्रति सम्मान व्यक्त गरेका हुन्। संगमघाटलाई निकै पवित्र मानिन्छ। कुम्भ स्नान गरेमा पाममुक्त हुने हिन्दु धर्मावलम्बीको विश्वास छ। माघे संक्रान्तिदेखि शुरु भएको उक्त कुम्भमेला शिवरात्रिमा समापन हुनेछ।

स्नान र गंगा आरतिपछि उनले सम्बोधन गर्दै भने, ‘प्रयागराज आएर आफूलाई सौभाग्यशाली महसुस गरेँ। तपस्यासँग प्रयागराजको युगौं पुरानो सम्बन्ध छ। पहिला कुम्भका लागि अस्थायी व्यवस्था हुने गरेको थियो। यसपटक यसलाई स्थायी बनाइएको छ।’ उनले कुम्भमा हठयोगी, तपयोगी, मन्त्रयोगी भएको र उनीहरूसँगै कर्मयोगी भएको भन्दै सरसफाइकर्मीको प्रशंसा गरे। ती कर्मयोगीले रातदिन मेहनत गरेर उत्कृष्ट त्याग गरेको मोदीको भनाइ छ।

दिनरात खटिएर २५ करोड व्यक्तिको सरफाइ व्यवस्थापन गर्नु महान् त्याग भएको उनले बताए। मोदीले भने, ‘संसारमा असम्भव केही छैन भन्ने तपाईंहरूले पुष्टि गर्नुभएको छ। तपाईंहरूले चुपचाप आफ्नो काम गरिरहनुभएको थियो। तपाईंहरूको त्याग मैले देखिरहेको थिएँ। तपाईंहरू सम्मानका हकदार हुनुहुन्छ।’

मोदीले स्नानपछि तीन पुरुष र दुई महिलाको गोडा धाएर आशीर्वाद लिएका थिए। उनले गोडा धोई पुछी वस्त्र समर्पण गरेका थिए।कतिपयले भने मोदीको यो कामलाई चुनावी स्टन्ट भएको बताएका छन् । हिन्दुको भोट बटुल्न मोदीले यो चटक गरेको आरोपसमेत लागेको छ। (एजेन्सी)

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५