मोटरसाइकल दुर्घटनामा राप्रपा नेताको मृत्यु

Jagaran Post २२ जेष्ठ २०७९, आईतवार १४:४६

खोटाङ — मोटरसाइकल दुर्घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका नेता जीवनकुमार श्रेष्ठको आइतबार बिहान मृत्यु भएको छ । दिक्तेलको रत्नपार्कमा शुक्रबार दिउँसो प्रदेश १‚ ०-५-००१ प ६८३७ नम्बरको मोटर साइकलले ठक्कर दिएर गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा काठमाडौंको बासबारीस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङका चालक १७ वर्षीय अभिषेख राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राईले आमा विष्णुमाया राईलाई लिएर दिक्तेल बजार आउँदै गर्दा दिक्तेल बजारको रत्नपार्कस्थित सपिङ कम्प्लेक्स अगाडि दुर्घटना भएको थियो ।

दुर्घटनाकै दिन हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । श्रेष्ठ लामो समयदेखि जिल्लामा रहेर राप्रपाको राजनीति गर्दै आएका थिए । गत स्थानीय चुनावमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका थिए । श्रेष्ठको शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पोस्टमार्टमपछि आइतबार ३ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने मृतकका भाइ विष्णुकुमार श्रेष्ठले बताए ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८