इस्टोनियामाथि मेसीको पाँच गोल

Jagaran Post २३ जेष्ठ २०७९, सोमबार ०८:४८

पेरिस — अर्जेन्टिनाले आफ्नो उत्कृष्ट लय कायम राख्दै आइतबारको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा इस्टोनियालाई ५–० ले पराजित गरेको छ । अर्जेन्टिनाका सबै पाँच गोल लियोनल मेसीले गरे ।

उनले आठौं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेयता ४५, ४७, ७१ र ७६ औं मिनेटमा गोल थपे । अर्जेन्टिनाले त्यस अगाडि युरोपेली च्याम्पियन इटालीलाई पनि ३–० ले हराएको थियो ।

आइतबारकै अन्य मैत्रीपूर्ण खेलमा कोलम्बियाले साउदी अरेबियालाई र पेरुले न्युजिल्यान्डलाई समान १–० ले हरायो । नेसन्स लिगका खेलमा भने पोर्चुगलले स्विट्जरल्यान्डलाई ४–० ले हरायो र त्यसमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

अर्को महत्त्वपूर्ण खेलमा स्पेन र चेक गणतन्त्रले २–२ को बराबरी खेले ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८