वन्यजन्तुको आक्रमण नरोकिएपछि समुदाय सडकमा

Jagaran Post २३ जेष्ठ २०७९, सोमबार २०:५२

गुलरिया : बर्दियाको खाता जैविक मार्गलगायत आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण नरोकिएपछि स्थानीय समुदायहरु सुरक्षाको मागगर्दै सडकमा उत्रिएका छन्। सोमबार मधुवन नगरपालिका-२ छोट्की सोनाहा निवासी ४१ वर्षिया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाईते बनाएपछि स्थानीयहरुले ओराली बजारमा सडक बन्दगर्दै सुरक्षा माग गरेका हुन्।

केही दिन अघि सोही क्षेत्रमा पाटेबाघको आक्रमणमा परी मधुवन नगरपालिका-२ की कौसिला पालको मृत्यु भएको थियो। वन्यजन्तुको आक्रमण नरोकिएपछि स्थानीय समुदायहरु सडक आन्दोलनमा उत्रिएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरी गुरुङले बताए। खाता क्षेत्रका बाघ स्थानान्तरण गरिनु पर्ने, वनमा तारजाली गर्नुपर्ने र समुदायको सुरक्षा हुनुपर्ने स्थानीयको माग छ।

मधुवन क्षेत्रमा वन्यजन्तुको आक्रमण दोहोरिएपछि बाघ अनुगमन गर्न निकुञ्जलाई अनुरोध गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए। उनले भने बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रममार्फत संयुक्तरुपमा बाघ अनुगमन भैरहेको छ। आक्रामक बाघ पहिचान गरी स्थानान्तरण गर्ने तयारी भैरहेको उनले जानकारी दिए।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६