यू-१९ महिला विश्वकप छनोट : नेपाल-थाइल्याण्ड भिडन्त

Jagaran Post २४ जेष्ठ २०७९, मंगलवार ०८:१३

काठमाडौं : यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज  थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।

मलेसियाको युकेएम ओभलमा नेपालले चौंथो खेलमा बलियो थाइल्याण्डको सामना गर्न लागेको हो। नेपाल र थाइल्याण्डबीचको खेल बिहान ११ बजे सुरु हुनेछ।

नेपाल आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ। अघिल्लो तीन खेलमा नेपालले दुई जित र एक हार व्यहोरेको छ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो। तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ। तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो।

नेपाल ३  खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। थाइल्याण्ड लगातार चौंथो जित निकाल्ने योजनामा रहेको छ। थाइल्याण्डले अघिल्ला तीन खेलमा लगातार जित निकालेको छ। थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन्। नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८