गुल्मी -गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर पत्रकार राजु पोख्रेलको निधन भएको छ । धुर्कोट गाउँपालिका ४ जैसिथोक निवासी ३४ वर्षीय पोखरेलको मंगलबार मृत्यु भएको हो ।
आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपको रूखबाट लडेका थिए । उनलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए ।
पोखरेलले लामो समय देखि पश्चिम् नवलपरासीलाई आफ्नो कर्म थलो बनाएर पत्रकारिता गर्दै आएका थीए । उनी बर्दघाटमा रहेको दौँतरी एफएममा स्टेसन म्यानेजर रहेका थीए । परिवारिक भेटघाटका लागि पाँच दिनअघि उनी गुल्मी आफ्नो घर आएका थिए ।