जर्मनी र इङ्ल्यान्ड बराबरीमा रोकिए, केनको ५० गोल

Jagaran Post २५ जेष्ठ २०७९, बुधबार ०८:४४

काठमाडौं – कप्तान ह्यारी केनले देशका लागि ५०औं गोल गरेको दिन इङ्ल्यान्डले मंगलबार राति यूईएफए नेसन्स लिगमा जर्मनीसँग १–१ को बराबरी खेलेको छ ।

घरेलु टोली जर्मनीले ५०औं मिनेटमा जोनास होफमनको गोलबाट अग्रता लिएको थियो । तर, खेल सकिन दुई मिनेट बाँकी हुँदा केनले पेनाल्टीमा गोल गरेपछि इङ्ल्यान्ड एक अंक खोस्न सफल भएको हो । केनलाई जर्मनीका रक्षक निको स्लटरबेकले फाउल गरेपछि इङ्ल्यान्डले पेनाल्टी अवसर पाएको हो ।

यससँगै जर्मनीेले युरो २०२० को अन्तिम–१६ मा हारेको बदला लिनबाट चुक्यो । युरो २०२० मा जर्मनी इङ्ल्यान्डसँग २–० ले पराजित भएको थियो । इङ्ल्यान्ड भने फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ ले पराजित भएको थियो ।

इङ्ल्यान्ड नेसन्स लिगको जारी सिजन पहिलो खेलमा हंगरीसँग १–० स्तब्ध भएको थियो । इङ्ल्यान्ड ६० वर्षमा पहिलो पटक हंगेरीसँग पराजित भएको थियो । जर्मनी भने इटालीसँग १–१ को बराबरी खेलेको थियो ।

बराबरीपछि दुई अंक जोडेको जर्मनी तेस्रो स्थानमा छ भने इङ्ल्यान्ड एक अंकका साथ पुछारमा छ । चार अंकका साथ इटाली शीर्ष स्थानमा छ । हंगेरी तीन अंक जोडेर दोस्रो स्थानमा छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८