विवेकशील साझाका नेता रवीन्द्र मिश्रले आगामी संघीय चुनावमा राम्रा मान्छेहरु एकै ठाउँबाट उम्मेदवारी दिन नहुने तर्क गरेका छन्।
चिनियाँ धनाढ्य व्यापारी ज्याक माको भनाइ सामाजिक सञ्जाल पोस्ट गर्दै उनले काठमाडौंमा उम्मेदवारीको लहर चलेको विषयमाथि व्यंग्य गरेका छन्।
मूर्खहरू सहजै मिलेर काम गर्छन्, बुद्धिमानीहरू सक्दैनन्,’ उनले लेखेका छन्, ‘काठमाडौँमा राम्रा भनिएका नागरिकहरूको संघीय चुनावका लागि एकै क्षेत्रमा उम्मेदवारीको लहर चल्दैछ। ज्याक माको भनाइ सम्झिँदैछु।’
मिश्रले केहीदिन अघि नैतिकताका आधारमा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए। गत ०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट कांग्रेस नेता प्रकाशमान सिंहसँग ८ सय १८ मतले पराजित भएका थिए।