१९ मेट्रिक टन आलु बेच्दा ४ सय ९० रुपैयाँ नाफा, त्याे पैसा पनि प्रधानमन्त्रीलाई उपहार

जागरणपोस्ट १९ पुष २०७५, बिहीबार १६:३२

आगरा भारतमा धेरै आलु उत्पादन हुने क्षेत्रमध्ये एक हो । तर यहाँका किसान आलुको बजारभाउ घट्दै र आलु उत्पादनको लागत बढ्दै जाँदा निकै समस्यामा परेका छन् ।

आगराको बरौली अहीर गाउँका एक किसानले १९ मेट्रिक टन आलु बेच्दा मात्रै ४ सय ९० भारतीय रुपैयाँ मुनाफा कमाएका छन् । आफ्नो उत्पादनको मूल्य कम पाएकोमा दुःखी हुँदै प्रदीप शर्माले नाफा भएको पैसा ४सय ९० रुपैयाँ प्रधानमन्त्री नरेन्द्र मोदीलाई मनीअर्डर गरेर पठाएका छन् ।

आफूले प्रधानमन्त्री मोदीको अपमान गर्न पैसा नपठाएको बताउँदै शर्मा भन्छन्, ‘प्रधानमन्त्रीले कृषकको दूर्दशाका बारेमा सोच्नुपर्छ । मैले यो ४ सय ९० रुपैयाँ उहाँलाई किन चुनिएको हो भन्ने कुराको सम्झना गराउन मात्रै पठाएको हूँ ।’

शर्माले पहिले पनि प्रधानमन्त्री र राष्ट्रपतिलाई पत्र लेख्दै आफूलाई आत्महत्या गर्ने अनुमति दिन माग गरेका थिए ।

केही दिनअघि मात्रै कृषक शर्माले उत्तर प्रदेशका उप–मुख्यमन्त्री दिनेश शर्मालाई भेटेर कृषकलाई राहत हुनेगरी मूल्य बढाउन आग्रह गरेका थिए । तर उनको आग्रहको कुनै सुनुवाइ भएको छैन ।

किसानले घाटा खाएर आलु बेचिरहँदा बिचौलियाले भने नाफा कमाइरहेको प्रदीप शर्मा बताउँछन् ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६