काठमाडौँ — साताको अन्तिम दिन शुक्रबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक १४.६४ अंकले घटेर २०४८ अंकमा कायम भएको छ । कारोबार रकम १ अर्बमुनि खुम्चिएको छ । कुल ८९ अर्ब ४१ करोड रुपैयाँको कारोबार भयो । सबै उपसमूहका सूचक राताम्मे भएका छन् ।
बैंकिङ ५, विकास बैंक ३९, फाइनान्स १८, होटल तथा पर्यटन ३४, जलविद्युत् ७, जीवन बीमा ६८, उत्पादन १००, माइक्रोफाइनान्स २५, निर्जीवन बीमा ७९, अन्य २७ र ब्यापार उपसमूह २१ अंक घटे । तीन कम्पनीको मूल्य भने १० प्रतिशत बढेको छ । ग्रिन भेन्चर, उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा कुमारी बैंक, इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, शिवम् सिमेन्ट र एनआईसी एसिया बैंक क्रमश: अगाडि रहे । सामुदायिक लघुवित्त र युनिलिभरको मूल्य ५ प्रतिशत घट्यो ।