अस्ट्रेलियासँगको तेस्रो टी–२० मा श्रीलङ्का विजयी : श्रृङ्खला अस्ट्रेलियालाई

Jagaran Post २९ जेष्ठ २०७९, आईतवार ०८:५५

काठमाण्डाै – अस्ट्रेलियासँगको तेस्रो टी–२० क्रिकेटमा श्रीलङ्का विजयी भएको छ । श्रीलङ्काले तेस्रो टी–२० मा अस्ट्रेलियालाई ४ विकेटले हरायो ।

जितको लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै भेट्टायो । श्रीलङ्काका कप्तान दासुन शनका ५४ रनमा अविजित रहे । पाथुम निसङ्काले २७ र चरिथ असलङ्काले २६ रन जोडे ।

अस्ट्रेलियाका जोश हेजलवुड र मार्कस स्टोइनिसले २/२ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । अस्ट्रेलिया स्टिभ स्मिथ ३७ रनमा अविजित रहे ।

डेविड वार्नरले ३९ र मार्कस स्टोइनिसले ३८ रन जोडे । श्रीलङ्काका महेश थेक्सनाले दुई तथा वानिन्दु हसरङ्गाले एक विकेट लिए । तीन टी–२० खेलको श्रृङ्खला अस्ट्रेलियाले २–१ ले जितेको छ । अस्ट्रेलिया पहिलो खेलमा १० र दोस्रो खेलमा ३ विकेटले विजयी भएको थियो ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८