श्रीमती बलत्कार गरेको आरोपमा गुल्मीका एक युवा प्रहरी नियन्त्रणमा

Jagaran Post २९ जेष्ठ २०७९, आईतवार १३:५७

आफ्नै पत्नीलाई बलत्कार गरेको उजुरी परेपछि गुल्मीमा एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गुल्मीको मदाने गाउँपालिका–४ निवासी २४ वर्षीय महिलाले आफ्नै पतिले बलत्कार गरेको भन्दै सनिवार आफ्नै पति बिरुद्ध बलत्कार गरेको उजुरी दिएपछि उनका श्रीमानलाई प्रहरीले नियन्णमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ती महिलाको जाहेरीका आधारमा प्रहरीले सनिवार बिहान इलाका प्रहरी कार्यालय पुर्कोटदहले निजका पतिलाई नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय पुर्कोटदहले पीडित महिलाको उजुरीका आधारमा ती पुरुषलाई पक्राउ गरी अनुसन्धान गरिरहेको गुल्मीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवराज खरेलले जानकारी दिए।

स्थानीयवासीका अनुसार उनीहरुको २०६८ सालमा विवाह भएको हो। सो दम्पतीका दुई सन्तान छन्। प्रहरीले पीडित र पीडक दुवैको नाम गोप्य राखेको छ।

वडा अध्यक्ष प्रेम शेन वलीका अनुसार केही दिन अघि पनि मादक पदार्थ सेवन गरेर श्रीमतीलाई कुटपिट गरेपछि श्रीमान लाई आगामी दिनमा कुटपिट नगर्ने र मिलेर बस्ने सहमती भएको थियो।

प्रहरीका अनुसार ती महिलाले आफ्नो पतिले डर–धाक, धम्की देखाई पटक पटक आफ्नो ईच्छा विपरीत यौन सम्पर्क गर्ने गरेको जाहेरीमा उल्लेख गरेकी छन्।

उनको जाहेरीका आधारमा वैवाहिक जवर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको प्रवक्ता खरेलले बताए।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६