देउवा ७ चोटी प्रधानमन्त्री बन्नुभयो भने नेपालको हालत के होला? : भीम रावल

Jagaran Post २९ जेष्ठ २०७९, आईतवार १४:१०

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा ७ चोटी प्रधानमन्त्री बने नेपालको हालत के होला? भनेर आशंका गर्नुपर्ने अवस्था आएको बताएका छन्।

 

 

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देउवा ०५२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा देश हिंसाको बाटोमा गएको बताएका हुन्।

उनले भने, ‘पहिलो पटक प्रधानमन्त्री हुँदा देशको हितमा आँच आउने समयमा महाकाली सन्धी पनि भयो। दोस्रोपटक प्रधानमन्त्री बन्दा देशमा प्रतिगमन आएको र ५ औं पटक प्रधानमन्त्री बन्दा अहिले संविधान मिच्दै धमाधम शक्ति राष्ट्रसँग सामरिक लगायतका सम्झौता हुँदैछन्’

प्रधानमन्त्री देउवाको गतिविधिले नेपालको स्वाधिनता र स्वतन्त्रता नै खतरामा पर्न थालेको टिप्पणी गरेका छन्।

‘उहाँ ५ चोटी प्रधानमन्त्री बन्दा त यस्तो छ देशको हालत। ७ चोटी प्रधानमन्त्री बन्नु भयो भने कस्तो होला? नेपाल नै के हुन्छ भन्ने आशंका गर्नुपर्ने भयो’ उनको भनाइ छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८