भारतबाट फर्किँदै गरेका युवकको शंकास्पद मृत्युपछि तीन जना पक्राउ

Jagaran Post २९ जेष्ठ २०७९, आईतवार २०:०१

धनगढी — भारतबाट घर फर्कँदै गरेका अछामको चौरपाटी गाउँपालिका १ सिउडीका ३५ वर्षीय धनबहादुर शाहको आइतबार धनगढीमा मृत्यु भएपछि उनीसँगै रहेका अन्य तीन जनालाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको छ ।

अछाममै घर भएका पदमबहादुर साउँदलाई अछाम प्रहरीले पक्राउ गरी धनगढी पठाएको छ भने खडकबहादुर शाह र कृष्णबहादुर शाहलाई कैलाली प्रहरीले धनगढीमै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको कैलालीका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए ।

मृतक शाहसहित चारै जना चोरी प्रकरणमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रवक्ता जोशीका अनुसार धनगढी आइपुग्दा शाह विरामी परेपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई अर्को अस्पताल मायामेट्रोमा उपचार गरि पहाड हिँडेको खुल्न आएको छ ।

‘फल्टुडे पुगेपछि शाहले अप्ठेरो भएको बताएपछि फेरि धनगढीस्थित मायामेट्रोमै उपचार गराउने क्रममा आइतबार उनको मृत्यु भएपछि मात्र हामीलाई जानकारी भएको हो’ डीएसपी जोशीले भने । भारतबाट चोरी गरेर आएको प्रारम्भिक जानकारी अनुसार उनीहरुबीच आपसमा झगडा भएर मृत्यु भएको हो कि भन्ने आशंकामा साथमा रहेकाहरुलाई नियन्त्रणमा लिइएको प्रवक्ता जोशीको भनाइ छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८