रुसविरुद्ध युक्रेनका लागि लडिरहेका बेलायती सैनिक मारिए

Jagaran Post ३० जेष्ठ २०७९, सोमबार १४:३३

युक्रेनी सैनिकहरूसँग मिलेर रुसविरुद्ध लडिरहेका बेलायती सैनिक जोर्डन ग्याट्ली युद्धमोर्चामा मारिएको खबर बेलायती पत्रिकाहरूले आइतवार दिएका छन् ।

सेभेरोडोनेत्स्क शहरमा भइरहेको युद्धमा उनी मारिएका हुन् । त्यस शहरबाट रुसी सेनालाई पछि हटाउनका लागि युक्रेनीहरूले कोशिश गरिरहेका छन् ।

हालैको दिनमा रुसी सेनाले सेभेरोडोनेत्स्कका अधिकांश भाग नियन्त्रणमा लिइसकेको छ । युक्रेनी सेना तथा तिनलाई सहयोग गर्न आएका अन्तर्राष्ट्रिय सैनिकहरूले ठूलो क्षति बेहोरेका छन् ।

ग्याट्लीले बेलायती सेनाको द राइफल्स इकाइमा राइफलम्यानका रूपमा काम गरेका थिए । गत मार्च महिनामा उनी बेलायती सेनाबाट राजीनामा दिएर युक्रेन पुगेका थिए । उनले युक्रेनी सैनिकहरूलाई तालिम पनि दिइरहेका थिए ।

युक्रेनमा रुसीहरूबाट मारिने ग्याट्ली दोस्रा बेलायती सैनिक हुन् । गत अप्रिल महिनामा अर्का बेलायती सैीनक स्कट सिब्लीको मृत्यु भएको थियो ।

यस युद्धमा अन्य पनि बेलायती सैनिक मारिएका हुन सक्छन् । किएभले मारिएका विदेशी सैनिकको बारेमा कुनै जानकारी दिने गरेको छैन भने लन्डनले पनि आफ्नो क्षतिको विवरण सार्वजनिक गर्ने गरेको छैन ।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५