जर्सी नम्बर ७७ का अर्का नेपाली क्रिकेट कप्तान

Jagaran Post ३१ जेष्ठ २०७९, मंगलवार १७:४०

सन् २०१७ मा नेपालको स्ट्यान्डिङ राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने प्रस्ताव आएको दिन रामप्रसाद खरेल (आरपी) का लागि जीवनकै अविस्मरणीय क्षण हो।

सानैमा दाहिने हात गुमाएका आरपीका लागि त्यो प्रस्ताव चुनौतीपूर्ण मात्र थिएन, एउटा सुनौलो अवसर पनि थियो। बाल्यकालमा रमाइलोका लागि क्रिकेट खेल्ने आरपीले राष्ट्रिय जर्सीमा क्रिकेट खेल्नेबारे कहिल्यै सोचेका थिएनन्।

क्रिकेटका पारखी आरपीले देशको जर्सीमा मैदान उत्रिने अवसर किन गुमाउँथे र!

ह्विलचियर क्रिकेट एसोसिएसनका अध्यक्ष छुल्ठिम शेर्पाले ल्याएको उक्त प्रस्ताव सहजै स्वीकार गरे। अनि ब्याट र बल बोकेर आफूजस्तै हिँडडुल गर्न सक्ने अपांगता भएका साथीहरूसँग अभ्यास गर्न थाले।  त्यति बेलासम्म नेपालमा ह्विलचियरमा बसेर क्रिकेट खेल्ने टिम तयार थियो। तर स्ट्यान्टिङ क्रिकेट टिम बनिसकेको थिएन।

त्यसैले हिँडडुल गर्न सक्ने अपांगता भएकाको टिम (स्ट्यान्डिङ क्रिकेट टिम) तयार गर्न शेर्पाले आरपीसहितका खेलाडीलाई काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा भेला गराएका थिए। स्ट्यान्डिङ क्रिकेटमा अतिरिक्त रनर राख्नेबाहेक अरू सबै नियम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) कै हुन्छ।

क्रिकेट वातावरणमा हुर्किएका आरपी उपस्थितमध्येमा क्रिकेटबारे जानकार थिए। नेतृत्व गर्न सक्ने क्षमता पनि भएकाले उनले कप्तानको जिम्मेवारी पाए।

कप्तानको जिम्मेवारी पाएपछि उनको नेतृत्वमा नेपालले भारत र बंगलादेशमा गएर क्रिकेट सिरिज खेलिसकेको छ। टिमले यसै साता भारतसँग तीन खेलको टी-२० सिरिज खेल्यो। सोमबार सकिएको सिरिजका सुरूआती दुई खेलमा पराजित भएको नेपालले अन्तिम खेलमा एक विकेटको जित हात पार्‍यो।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८