नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन् ।
शुक्रवार एसपीपीबारे प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा जवाफ दिने क्रममा प्रधानसेनापति शर्माले यस्तो बताएका हुन् ।
उनले नेपाल सरकार र रक्षा मन्त्रालयको तर्फबाट अमेरिकालाई एसपीपी सम्बन्धी पत्र पठाइएको स्वीकार गरेका छन् । तर यो पत्र सैन्य गठबन्धनका लागि नलेखिएको उनले दाबी गरेका छन् ।
भूराजनीतिक अवस्थामा मित्र राष्ट्र र जनताको विरुद्ध सेनाले केही नगर्ने उनले बताए ।
उनले भने,‘यो कार्यक्रम सैनिकका लागि हो भने मैले यस्तो गर्दिन भनेको छु ।’