चार बर्षमा छ करोड कमाउने “सुब्बा साप” जेलमा !

Jagaran Post ३ असार २०७९, शुक्रबार १८:५७

बिर्तामोड, झापा – चार बर्षमा छ करोड कमाउने “सुब्बा साप” जेलमा पुगेका छन्।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीविरुद्ध ६ करोड रुपैयाँभन्दा धेरै बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीमाथि ६ करोड २४ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगसहित आज शुक्रवार विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।

भण्डारी २०७३ साल असोज २१ देखि २०७७ साउन १ गतेसम्म मात्रै सरकारी सेवामा थिए। नासु सरहको वरिष्ठ व्यवस्थापन सहायक पदमा काम गरेको जागिरको अवधिमा उनले २६ लाख ६१ हजार रुपैयाँ आर्जन गरेका थिए। तर उनको खर्च र लगानीतर्फ (जग्गा खरिद, बैंक तथा हाइड्रोपावर कम्पनीको शेयर खरिद तथा बैंकमा जम्मा रकम) सहित ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ रुपैयाँ पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

भण्डारीले यो अवधिमा पारिश्रमिक, श्रीमतीको तलबबाट बचत, सञ्चय कोषबाट लिएको ऋण र जागिर सुरु हुनुभन्दा अघिको बचतलाई समेत देखाएर आफूले कानुनसम्मत आर्जन गरेको दाबी गगरेका थिए। तर अख्तियारले त्यो दाबीलाई स्वीकार गरेन र ६ करोड २४ लाख ६५ हजार रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको निष्कर्ष निकालेको हाे ।

विशेष अदालतमा दायर मुद्दामा अख्तियारले ६ करोड २४ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरेको छ ।

भण्डारीकाे सम्पत्तितर्फ ६ करोड ६ लाख ४१ हजार आठ सय १३ रुपैयाँ र अपुग १७ लाख ६२ हजार रुपैयाँ उहाँको एकल स्वामित्वमा रहेको कम्पनीबाट जफत गर्न माग गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन्।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८