बुटवल -नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मुल्यबृद्धी बिरुद्ध आन्दोलन गरेको छ। सोमबार बिहान बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका अनेरास्ववियुका कार्यकर्ताले यातायात बन्द गर्नुका साथै टायर बालेर नाराबाजी गरि रहेका छन् ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा एक्कासी वृद्धि गरेपछि विद्यार्थीहरुले बिरोध गरेका हुन् ।
सकारले भारीमात्रामा पेट्रोलको प्रतिलितर १९ रुपैयाँ र डिजेल तथा मटिट्लेतमा प्रतिलिटर २७ रुपैयाँले वृद्धि गरेको छ। एकै पटक यती धेरै प्रतिलिटर मूल्य वृद्धि भएको यो पहिलो पटक हो ।
खाना पकाउने एलपीजी ग्यासको मूल्य भने पुरानै यथावत रहेको छ । पेट्रोलको नयँ मूल्य प्रतिलिटर ११९ रुपैयाँ भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ भएको छ ।
सरकारले जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको भन्दै अनेरास्ववियु रुपन्देही अध्यक्ष शेषकान्त पोखरेलले निर्णय नसच्याएसम्म आन्दोलन जारी रहने बताए ।