सल्यान : सल्यानमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मोटरसाइकलको पछाडि सवार छत्रेश्वरी गाउँपालिका २ दहखोलाका ६० वर्षीय टुल्क बहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
आइतबार दिउँसो छत्रेश्वरी गाउँपालिका २ लाखुरीबोटमा रा २ प ४५९२ नम्बरको मोटरसाइकलबाट लडेर गम्भीर घाइते खत्रीको आज दिउँसो मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हाे।
अनियन्त्रित भएको मोटरसाइकल सडकबाट झन्डै २ मिटर तल खसेको छ। मोटरसाइकल चालक सोही ठाउँका डिल्ली वली नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।