रुपन्देहीमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, तीन घाइते

Jagaran Post ७ असार २०७९, मंगलवार १०:३७

काठमाडौं -रुपन्देहीको गैडहवा गाउँपालिका–३, लालपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् ।

गए राति करिब सवा ९ बजे लु२१प ४६२१ र लु८६प १५१४ नम्बरका मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा घाइते भएका चारैजनालाई उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा लगिएको थियो ।

उपचारका क्रममा १५१४ नम्बरको मोटरसाइकलमा पछाडि सवार गैडहवा–२ का अन्दाजी १६ वर्षीय सन्नि जैसवालको राति पौने ११ बजे मृत्यु भएको जनाइएको छ ।

घाइतेमध्ये दुवै मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८