अर्घाखाँचीमा गत जेठ १ गते देखि यता एक युवकद्वारा पटक पटक बालिकालाई बलात्कारको शिकार बनाउनमा मुख्य सहयोगी ती बालिकाकी हजुर आमा नाता पर्ने एक महिला भएको प्रहरीले खुलासा गरेको छ ।
अर्घाखाँचीमा गत जेठ १ गते देखि यता एक युवकद्वारा पटक पटक बालिकालाई बलात्कारको शिकार बनाउनमा मुख्य सहयोगी ती बालिकाकी हजुर आमा नाता पर्ने एक महिला भएको प्रहरीले खुलासा गरेको छ ।
पीडित पक्षले दिएको जाहेरी अनुसार गत जेठ १ गते राती ती महिलाले बालिकाको घरबाट परिवारलाई कुनै जानकारी नगराई चाउचाउ , बिस्कुट खान जाउँ भन्ने आश्वासन दिदै र अन्य लोभ लालच समेत देखाउँदै बलात्कारको शिकार बनाएकी थिइन् ।
त्यस यता पनि उनले आफ्नो घरमा र पटक पटक जंगल लगायत विभिन्न स्थानमा लगेर न्यौपानेबाट बलात्कार गराई पैसा समेत लिने गरेको पाइएकोले ती दुबैलाई पक्राउ गरिएको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अम्मरबहादुर थापा क्षेत्रीले बताए ।