औषधि र भिटामिनमा नयाँ मूल्य राखेर ठगी

Jagaran Post ८ असार २०७९, बुधबार १७:०४

बुटवलका औषधि बिक्री कक्ष (फार्मेसी)मा भिटामिनको नाममा ठगी धन्दा हुने गरेको खुलेको छ ।

इलाका प्रहरी कार्यालय, बुटवलले दीपनगरबाट अनधिकृत ‘न्युट्रासिटिकल फुड सप्लिमेन्ट्री’ बरामद गरेको छ । यो भिटामिन जस्तै तत्त्व हो ।

भिटामिनमा नयाँ मूल्य राखेर बिक्री वितरण गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

दीपनगरमा रहेको बर्तोली प्रिन्टर्सले अवैध रुपमा औषधि तथा पोषणयुक्त सामग्रीको गोदाम गरेर नयाँ मूल्य राखी बिक्री वितरण गरेको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बैतडीका २८ वर्षीय प्रकाश भण्डारी, २३ वर्षीय महेश भण्डारी र २६ वर्षीय हरिष भण्डारीलाई पक्राउ गरिएको बताए ।

अवैध रुपमा विभिन्न प्रकारका औषधि, पोषणयुक्त सामग्री गोदाम गरी नयाँ मूल्य राख्ने तथा म्याद सकिएको औषधिमा नयाँ मिति राखेर विक्री वितरण भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।

घरकोठामा खानतलासी गर्दा तोकिएको मूल्यभन्दा फरक नयाँ मूल्य कायम गरी लेबल प्रिन्ट गर्दै गरेको अवस्थामा उनीहरूलाई सोमवार राति पक्राउ गरिएको डीएसपी केसीले जानकारी दिए ।

प्रहरीले उनीहरूको साथबाट २०० कार्टुन विभिन्न प्रकारका प्रशाधन (औषधि) तथा पोषणयुक्त सामग्रीहरू र १ थान प्रिन्टिङ मेसिन बरामद गरेको छ ।

पक्राउ परेका उनीहरूमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको डीएसपी केसीले जानकारी दिए ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८