टिपरले मोटरसाइकललाई ठक्कर दिँदा भक्तपुरमा दुईको मृत्यु

Jagaran Post ९ असार २०७९, बिहीबार १०:१८

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ मा पर्ने आदर्श चोकमा गए राति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

जगातीतर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपरले गए राति करिब २ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार उनीहरुको भक्तपुर अस्पतालमा उपचारका क्रममा गए राति करिब ३ बजे मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ।

भक्तपुर नगरपालिका वडा नम्बर २ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी र अर्का एकको दुर्घटनामा परेर मृत्यु भएको प्रहरी वृत्त जगातीले जनाएको छ। प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८