विमान अपहरणको प्रयासपछि आपतकालिन अवतरण

जागरणपोस्ट १२ फाल्गुन २०७५, आईतवार १७:०७

ढाका – बंगलादेशमा विमान अपहरण गर्ने प्रयास भएको छ। राजधानी ढाकाबाट संयुक्त अरब इमिरेट्सको दुबईका लागि उडेको विमान अपहरण गर्ने असफल प्रयास भएको समाचार बिबिसीले संम्प्रेषण गरेको छ।

विमान बंगलादेशको सो जहाज ‘हाइज्याक’ गर्ने प्रयास भएपछि आपत्कालीन अवतरण गरिएको छ। विमान बंगलादेशको चित्तागाउ विमानस्थलमा सुरक्षित अवतरण भएको बताइएको छ।

विमानमा १ सय ४२ यात्री सवार रहेका थिए।

नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयका सचिव मोहम्मद महिबुल हकले विमान अपहरण गर्ने प्रयास भएको पुष्टि गरेका छन्। विमानमा सवार सबै यात्री र चालक दलका सदस्य सुरक्षित रहेको समेत उनले बताए।

‘विमानका पाइलट र सबै यात्री सुरक्षित छन्। एक जना २५ वर्षीय शंकास्पद यात्री र एक जना ‘क्रू मेम्बर’लाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ,’ सचिव हकले भने।

घटनाका विषयमा अनुसन्धान भइरहेको बंगलादेशी प्रहरीले जानकारी दिएको छ।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५