सप्तरीमा बस दुर्घटना : एक महिलाको मृत्यु, ११ जना घाइते

Jagaran Post ९ असार २०७९, बिहीबार १४:४०

राजविराज : सप्तरी जिल्लामा बिहीबार भएको दुर्घटनामा एक ५५ वर्षीया महिलाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। हनुमाननगर कंकालिनी नगरपालिका–१ पूर्व–पश्चिम लोकमार्गस्थित कोशी ब्यारेज र कंकालिनी मन्दिरबीच ना.५ख १८९८ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार महिलाको मृत्यु भएको सशस्त्र प्रहरी सुरक्षा बेश भारदहले जनाएको छ। मृतकको पहिचान हुन बाँकी रहेको उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए।

मोरङको विराटनगरबाट उदयपुरको कटारीसम्म तीव्र गतिमा जाँदै गरेको बस अचानक अनियन्त्रित भइ सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको यात्रीहरुले बताए। घाइतेमध्ये उदयपुरको कटारी नगरपालिका–३ का ७० वर्षीय मानबहादुर तामाङ र निजकी श्रीमती ६९ वर्षीया बिष्णुकुमारी तामाङको अवस्था गम्भीर भएकाले विराटनगर रेफर गरिएको छ। बस चालक फरार भएको र खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ।       घाइते हुनेमा सहचालक झापाको मेची नगरपालिकाका ३८ वर्षीय पदमबहादुर राई, सप्तरीको कञ्चनरुप नगरपालिका–२ की २० वर्षीया अस्मिना खातुन, वडा नम्बर–३ का १८ वर्षीय आलोककुमार सेख, वडा नम्बर–८ का १७ वर्षीय बिबेककुमार साह छन्।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८