एसीसी महिला टी–२० च्याम्पियनसिप : फाइनल पुग्न नेपाललाई ८२ रनको लक्ष्य

Jagaran Post १० असार २०७९, शुक्रबार १०:४०

काठमाण्डाै – एसीसी महिला टी– च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा यूएईले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ ।

मलेसियाको किनरारा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएई १९ ओभर ५ बलमा ८१ रनमा समेटियो । यूएईका वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् । त्यस्तै इशा रोहितले १५ र कप्तान छाया मुघलले १४ रन जोडिन् । नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिइन्।

यस्तै इन्दु बर्माले ३ र सीता रानामगरले २ विकेट लिइन् । आजको खेलमा नेपालले यूएईलाई हराउन सके एसिया कपको लागि छनोट हुनेछ । एसिया कपमा भारत, पाकिस्तान, बङ्लादेश, श्रीलङ्का र थाइल्यान्ड रहेका छन् ।

नेपाल समूह ‘बी’ को उपविजेता र यूएई समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेका हुन् । अर्को सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता मलेसिया र समूह ‘बी’ को विजेता हङकङबीचको खेल दिउँसो १२ बजे सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो भने हङकङसँग ७ विकेटले पराजित भएको थियो । तर यूएई अपराजित टोली हो । फाइनल खेल भोलि हुनेछ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६