कुट्दै जंगल लगेर श्रीमतीको हत्या

Jagaran Post १३ असार २०७९, सोमबार ०९:२२

जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका- १ चिउरी निवासी ४२ वर्षीय भगवति शाहीको हत्या भएको छ । श्रीमान लेकबहादुर नेपालीले श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

हत्या भएको एक सातापछि मात्र उक्त घटना सार्वजनिक भएको हो । चिउरीको जंगलमा एक महिलाको शव गन्हाउने अवस्थामा रहेको भनेर स्थानीय गाँउलेहरुले खबर गरेपछि प्रहरीले शुक्रबार भगवतिको मृत शरिर फेला पारेको थियो । गत असार ५ गते भएको घटना १० गते मात्र थाहा भएको थियो । लेकबहादुरले गत असार ५ गते बिहान घरमा कोही नभएको मौका छोपी श्रीमतीलाई कुटपिट गदै लखेट्दै जंगलतिर लगेको त्यही नजिकैको भीरालो जंगलमा भीरबाट खसाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख डीएसपी सन्तोष निरौलाले जानकारी दिए । हत्यामा संलग्न श्रीमान लेकबहादुरलाई नियन्त्रणमा लिइएको उनले बताए ।

लेकबहादुर नेपाली र भगवति शाहीले माओवादी शसस्त्र द्वन्द्वको समयमा २२ वर्ष अघि सँगै मर्ने सँगै बाँच्ने कसम खाएर अन्तर्जातिय विवाह गरेका गरेका थिए । दुवै माओवादी सशस्त्र द्धन्दमा होमिएका कारण पनि उनीहरुको प्रेम सम्बन्धलाई कसैले औला ठड्याउन पाएका थिएनन् । दुःखजिलो गरेर घर व्यवहार चलाएकै थिए । माइती पक्षले उक्त विवाहलाई स्वीकार गरेका थिएनन् । छोरीलाई मात्र घरमा बोलाउँथे, ज्वाईलाई बोलाएका थिएनन् । कथित माथिल्लो जात भनिने ठकुरीकी छोरी थिइन् भगवति । लेकबहादुर दलित थिए । त्यही विषयमा उनीहरु विच बेलाबेला ठाकठुक भइरहन्थ्यो । लेकबहादुर बेरोजगार थिए । उनीहरुका एक छोरा एक छोरी छन् । बेरोजगार भएकै कारण घर व्यवहार चलाउन समस्या भएपछि उनीहरुबीच मनमुटाब पनि बढ्दै गएको थियो । पछिल्लो केही वर्ष यता लेकबहादुर धेरै जाँडरक्सी पिएर श्रीमती कुट्ने गर्दथे ।

जिल्ला प्रहरी प्रमुख डीएसपी निरौलाले भने–‘अनुसन्धानकै सिलसिलामा मृतकका पति लेकबहादुर नेपालीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम गरिरहेका छौं । उनले भीरबाट आफैँ लडेको बनाउन घटनास्थललाई सोही अनुसारको बनाउन खोजेको पनि देखिएको छ । मृतकका कपडा, चप्पल लगायतका सबै कुराको अवस्था हेर्दा श्रीमानले नै हत्या गरेर घटनालाई टुइट गर्न खोजेको देखिन्छ । डेथ बडीलाई जिल्ला अस्पताल ल्याएर पोष्टमार्टम गरिएको छ ।’

मृतकको घर र शव ५० देखि एक सय मिटरको दुरीमा रहेको छ । ‘शव गन्हाउने अवस्थासम्म पुग्दा पनि कुनै खोजतलास नगर्नु र प्रहरीलाई पनि खबर नगर्नुले पनि श्रीमानकै संलग्नताको पुष्टि हुन्छ’ डीएसपी निरौलाले भने । लेकबहादुरलाई अनुसन्धानका लागि जिल्ला अदालतले एक हप्ताको म्याद दिएको छ ।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६