आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी

Jagaran Post १३ असार २०७९, सोमबार ०९:३७

काठमाण्डाै – आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ । वर्षाका कारण खेललाई १२ ओभरमा छोट्याइएकाे थियो ।

आयरल्यान्डले १२ ओभरमा ४ विकेट गुमाएर १ सय ८ रन बनायो । १ सय ९ रनको लक्ष्य पछ्याएको भारतले ९ ओभर २ बलमा ३ विकेट गुमाएर १ सय ११ रन बनायो । भारतका लागि दीपक होडाले सर्वाधिक ४७ रन बनाए भने इशान किशनले २६, कप्तान हार्दिक पाण्डेयले २४ र दिनेश कार्तिकले ५ रन जोडे ।

आयरल्यान्डका लागि करिज यङ्गले २ तथा जोश लिटलले एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको आयरल्यान्डका लागि ह्यारी टेक्टरले ६४ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।

आयरल्यान्डका लोर्कन टुकरले १८, ग्रेथ डेल्नीले ८ तथा पल स्टर्लिङ र जर्ज डकरेलले ४/४ रन जोडे । भारतका हार्दिक पाण्डेय, भुवनेश्वर कुमार, आभास खान र युजभेन्द्र चहालले एक/एक विकेट लिए ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६