अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकमा मंगलवार बिहानैदेखि यातायात अवरुद्ध भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्धबाबा नजिक माथिबाट सडकमा पानीको ठूलो भेल खसेको छ ।
पानीको भेल खस्दा सवारी साधन ओहोर दोहोर हुन नसकेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
बिहान ६ बजेदेखि सवारी साधन चल्न सकेको छैन ।