बर्षाको वितण्डा : गाईघाट बजारका दर्जनौं घर र पसल डुबे

Jagaran Post १८ असार २०७९, शनिबार १५:५०

भिषण वर्षाका कारण उदयपुर सदरमुकामस्थित गाईघाट बजारका दर्जनौँ घर र पसल डुबानमा परेका छन् । घर र पसल डुब्दा विभिन्न उपभोग्य सामान भिजेर नष्ट भएका छन् ।  गाईघाट बजारको असारी लाइन क्षेत्रका पसल सञ्चालक तीलक खड्काका अनुसार शुक्रबार साँझदेखि परेको भिषण वर्षाले पसल र घर डुबेका हुन् । पसल डुब्दा २० लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए ।

गाईघाट बजारको शान्तिनगर टोल, ज्योति टोल, प्रतिभा टोल र पुरानो बसपार्क क्षेत्र तथा पिलचौक र सङ्गमटोलका अधिकांश घर र पसल डुबेको एक पसल सञ्चालक दीपक कार्कीले बताए ।  स्थानीयवासीको घरभित्र पानी प्रवेश गर्दा घरका अधिकांश सामग्री नष्ट भएको छ । त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश विकले शुक्रबार बेलुकीदेखि आएको अविरल वर्षाका कारण बजार क्षेत्रका घर र पसल डुब्दा एक करोडभन्दा बढीको क्षति हुन पुगेको बताए । आफूले बिहानैदेखि अनुगमन गरेको उनले जानकारी दिए ।

क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको उनको भनाइ थियो । नगरपालिकाका प्रमुख र उपप्रमुख वसन्त बस्नेत र महेश्वरी राईले बजार डुबानमा परेपछि गाईघाट बजारको क्षतिको बारेमा अध्ययन गरिरहेको बताएका छन् ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८