पार्टी घोषणा भएको एकहप्ता नपुग्दै वामदेव गौतम निष्कासित

Jagaran Post १८ असार २०७९, शनिबार २०:०३

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निष्कासित भएका छन् । शनिबार सतुंगलस्थित एक पार्टी प्यालेसमा आयोजित  अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले संयोजक गौतमलाई निष्कासन गरेको हो ।

बैठकले गौतमलाई बहुमतबाट निष्कासन गरी सो अभियानका सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ ।

शीर्ष नेताको बैठकले गौतममाथि ५ बुँदे आरोप लगाएको छ । गौतम नेतृत्वको  अभियानले असार ११ गते ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा दोस्रो भेला गरेको थियो । सो भेलाले नेकपा एकता राष्ट्रिय अभियानलाई दलको रुपमा अघि बढाउने निर्णय गरेको थियो ।

गौतममाथि लगाइएको ५ आरोप-
१.सांगठनिक अराजकता, निरंकुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको ।
२. अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको ।
३.जालझेल, छलछाम, षडयन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको ।
४. नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाई सो शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरी उल्लेखित शक्तिहरुलाई सिध्याउने गतिविधि गरिएको ।
५. सम्पूर्ण वामपन्थी तथा समाजवादी शक्तिलाई बृहत कम्युनिष्ट एकतामा जोड्ने योजना बमोजिम नेकपा एकता राष्ट्रिय अभियान गरिएकोमा संयोजक कमरेड वामदेव गौतमले सो निर्धारित उद्धेश्य विपरित अभियानलाई सत्ता, शक्ति पद प्राप्तिका लागि बार्गेनिङको माध्यम बनाएको ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६