आदिकवि भानुभक्त आचार्य ले आफ्नो छोरा रमानाथले नपढेर बरालिएको सुनेपछि रिसाएर पत्नी र छोराको नाममा करिव १७६ वर्षअघि लेखेको चिठी (तस्बिर : सो चिठीको मूलप्रति )

स्वस्ति श्री चिरञ्जीवी श्री नानी रमानाथ शर्माणि श्री भानुभक्त शर्माण शुभाशिर्वाद सन्तु. उपरान्त पह्र्दैनस भन्या सुन्दछु. मेरा कण्ढा पछि जति उम्लन्छस्.ञाहा बाट म क्या गरुं. म तहां आया पछि तैंले नपह्र्याको ठहराञा भन्या बाबै तेरा ज्यान्को आसा नराषि लात मार्न्या छु. कि तैंले मर्नु पर्ला. कि मरि सुष पाउंन्या छस्. कि पह्री सुष पाउन्या छस्.यो बुझ् कि पढ्नु. तेरी आमा ले पनि यो चिठी हेरी साझ वेहान तँ लाइ लात मारि घोकन लावोस्. आज तेरी आमा का चेत आएनन् र तंलाइ षेलन दियी भन्यां मैले लात मारि मर्नान्त पार्याको तमासा हेर्लि. हेर्वावै पह्रिनस् भन्या तेरो जिउ खंज गराइ छोडुला. रति जति तेरो माया मार्या छैन. सो जानि तेरी आमाले तलाइ अर्दमा राषि घोकाउनु.तैंले घोकनु. आज सम्म कति पह्रिस् याहा समम पाठ पुर्यायाको छु भनि लेषि पठा. अघि पढ्याको पनि बिर्सिस् कि आउछ. तेरा हातले लेषि पठा. नही भन्या तेरो ज्यान साबुद राषन्या छैन. ढेरै क्या लेषु. किमधिकं. मिति मार्गशुदि १ रोज ३ मुकाम महाबौद्ध टोल शुभम्
छेउपट्टी
- अध्यात्म रामायण र भानुभक्त रामायण : तुलनात्मक अध्ययन
- भानुभक्तीय र तुलसीकृत रामायणको सूत्रीय तुलना
- रामायण, राम र अयोध्या- रामायण इतिहास होईन, मिथक हो
तहां पह्र्दैन भन्या.मानिस साथ लाइ मंसिर भित्रै ञाहा पठाइदे. म आउदा…..ञाही पढाउछु.ताहीं पढ्छ भन्या बढिया हो.
Facebook Comments