श्रीलंका का प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले देशको सुरक्षा अवस्था सुधार्नको लागि तयारी अवस्थामा रहन सेनालाई निर्देशन दिएका छन्।
एक टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री विक्रमासिङ्घेले श्रीलंका मा अराजकता बढिरहेको भन्दै सेनालाई आफ्नो जिम्मेवारी पूरा गर्ने कामको लागि तयार रहन निर्देशन दिएको बीबीसीले जनाएको छ ।
‘हामी संविधान च्यात्न सक्दैनौँ र देश अराजकतावादीलाई कब्जा गर्न पनि दिँदैनौँ, त्यसको लागि सेनालाई तयार रहन निर्देशन दिन्छु’ प्रधानमन्त्री विक्रमासिङ्घेले भनेका छन्।
प्रधानमन्त्रीले राजधानी कोलम्बोमा सेनाले आफ्नो सुरक्षा व्यवस्था लागू गर्न सक्ने सङ्केत दिएको खबरमा उल्लेख छ ।
श्रीलङ्कामा प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय पनि कब्जा गरेका छन् । यसअघि राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास कब्जा गरेका प्रदर्शनकारीले आज प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालय पनि कब्जा गरेका हुन् ।
श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे भागेर माल्दिभ्स माल्दिव्स पुगेका छन्।
twitter.com @jagaranpost