उडिरहेको जहाज भित्र चुरोट तान्ने नारायण पक्राऊ

Jagaran Post २९ असार २०७९, बुधबार १८:५८

काठमाडौँबाट धनगढीका लागि उडेको जहाज मा एक यात्रुले चुरोट तानेका छन्।

बुधबार दिउँसो सवा ३ बजे काठमाडौंबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाजमा ती यात्रुले चुरोट तानेका हुन्।

जहाजको शौचालय गएका उनी चुरोट तान्दै सिटमा आएर बसेको एक यात्रु निशा ठगुन्नाले बताइन्।

उनका अनुसार जहाजमा चुरोटको धुँवा देखिएपछि एकछिन त्यहाँ तनाव सृजना भएको थियो।

यात्रुहरुले जहाजमा आगो लागेको आशंका गरेपछि हंगामा भएको ठगुन्‍नाले बताइन्।

जहाज धनगढी विमानस्थलमा ल्यान्ड गरेपछि चुरोट तान्ने कैलालीको टीकापुर घर भएका नारायण उपाध्यायलाई नियन्त्रणमा लिइएको छ।

उनलाई धनगढी विमानस्थलमा रहेको प्रहरीले नियन्त्रणमा लिएको हो।

अहिले उपाध्यायलाई जिल्ला प्रहरीसमक्ष बुझाउने तयारी थालिएको धनगढी विमानस्थल प्रशासनले बताएको छ।

twitter.com  @jagaranpost

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८