बिदेशबाट ल्याएको ४८० किलो सुन बरामद , ४५ करोड ८० लाख जरिवाना भराएर छाडियो

Jagaran Post १ श्रावण २०७९, आईतवार १३:१६

काठमाडौं– गहना भन्दै विदेशबाट ल्याइएको ४८० किलो सुन बरामद भएको छ। विभिन्न देशबाट यात्रुले ल्याएका ४८० किलो सुनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले राजश्वको दायरामा ल्याएको हो।

आर्थिक वर्ष २०७८/७९ मा ४८० किलो सुन बरामद बाट ४५ करोड ५८ लाख अतिरिक्त  राजश्व संकलन गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। यात्रुले ल्याएका ४८० किलो सुनको प्रचलित बजार मूल्य ३ अर्ब ८० करोड रुपैयाँ बराबर हुन्छ।

राजस्वको दायरामा आएसँगै त्यस्तो सुन अनौपचारिक बजारबाट औपचारिक बजारमा प्रवेश गरेको छ। मूलुकको अर्थतन्त्रको लागि अनौपचारिक बजार राम्रो मानिँदैन। व्यक्तिले धन सञ्चय गर्ने एउटा महत्वपूर्ण माध्यम सुन भएको हुँदा यसको अवैध ओसारपसार तथा अवैध खरिदबिक्री र भण्डारणले अनौपचारिक अर्थतन्त्रलाई नै मलजल गरेको हुन्छ।

भन्सार कार्यालयले राजस्वको दायरामा ल्याएको सुन तथा सुनका गहनालाई भन्सार राजस्व तिरेसँगै अब खुला बजारमा नियमित रूपमा खरिदबिक्री गर्न सकिने भएबाट औपचारिक अर्थतन्त्र अभिवृद्धि हुने भन्सार कार्यालयले जनाएको छ। अर्थविज्ञका अनुसार नेपालमा ४० प्रतिशतसम्म अनौपचारिक अर्थतन्त्र रहेको छ।

कानुनतः विदेशबाट नेपाल आउने यात्रुले आफ्नो साथमा अधिकतम १०० ग्रामसम्म काँचो सुन भन्सार राजस्व तिरेर ल्याउन पाउँछन्। त्यसैगरी सुनको गहनाको हकमा अधिकतम २५० ग्रामसम्म साथमा लगाएर आउन पाइने कानुनी व्यवस्था छ।

जसमध्ये पहिलो ५० ग्रामसम्मको गहनामा राजस्व छुट सुविधा उपलब्ध हुन्छ भने सो भन्दा बढी २०० ग्रामसम्मको गहनाको हकमा भन्सार राजस्व तिरेर मात्र ल्याउन पाइन्छ। १०० ग्राम भन्दा बढी काँचो सुन र २५० ग्राम भन्दा बढी सुनका गहना ल्याएको हकमा त्यस्तो सुन तथा सुनका गहना जफत गरी भन्सार कानुन बमोजिम कारबाही गर्ने व्यवस्था रहेको छ।

नेपालमा व्यक्तिगत प्रयोजनका लागि तोकिएको सीमासम्मको सुन यात्रुले आफ्नो साथमा ल्याउन पाउँने व्यवस्था भए ता पनि व्यवसायिक प्रयोजनका लागि भने वाणिज्य बैङ्कहरूले मात्र सुन आयात गर्न पाउने कानुनी व्यवस्था छ।

तर यात्रुको सुविधाको लागि ५० ग्रामसम्मको सुनका गहनामा दिइएको भन्सार राजस्व छुटसम्बन्धी व्यवस्थाको गलत प्रयोग गरी विदेशबाट नेपाल फर्कने यात्रुलाई भरिया बनाएर सुनको अवैध कारोबार गर्ने समूहले सुन ओसार पसार गर्ने गरेको सूचना आएपश्चात गत वर्षको मंसिर १३ गते देखि कार्यालयले विशेष अपरेशन नै शुरू गरेको थियो।

यसक्रममा पहिलो दिनमा नै कार्यालयले ४१५ जना यात्रुबाट झण्डै २१ केजी सुन नियन्त्रणमा लिन सफल भएको थियो। हालका पछिल्ला दिनहरूमा सुन लिएर आउने यात्रु तथा उनीहरूले ल्याउने सुनको परिमाण निकै घट्दै गएको छ। भन्सार कार्यालयकाअनुसार गत असार महिनामा दैनिक औषत ३० जना यात्रुबाट जम्मा १ किलो ५ सय ग्रामको हाराहारीमा सुन तथा सुनका गहना भन्सार कार्यालयले नियन्त्रणमा लिई राजस्व दाखिला गराएर सम्बन्धित यात्रुलाई फिर्ता गरेको देखिन्छ।

 

twitter.com @jagaranpost

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८