गभर्नर को राजीनामा माग्दै बालुवाटारमा प्रदर्शन

Jagaran Post १ श्रावण २०७९, आईतवार १३:३२

 नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।

आइतबार बिहान काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयअगाडि गरिएको प्रदर्शनका क्रममा केही व्यक्ति पक्राउ परेका छन् ।

सत्तारूढ दल नेपाल कांग्रेसको विद्यार्थी संगठन नेविसंघ र नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारीमा आबद्ध व्यक्तिहरूले प्रदर्शन गरेका हुन् । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप समेत भएको छ ।

गभर्नरअधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्ति बारे बहस र आलोचना शुरु भएको हो । अधिकारीको नियुक्ति ‘राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र गभर्नरहुनसक्ने  प्रावधान’ विपरीत भएको खुल्न आएको भएको भन्दै  युवा विद्यार्थी सङ्गठनहरूले विरोध चर्काएका हुन्  ।

 

teitter.com @jagaranpost
Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८