क्यानको आकष्मिक बैठकद्वारा सन्दीप लामिछाने लाई निलम्वन गर्ने तयारी

Bijay Gyawali २२ भाद्र २०७९, बुधबार ११:२१

नेपाल क्रिकेट संघ (क्यान) को आकस्मिक बैठक आज बस्दैछ । राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछाने विरुद्ध मंगलबार साँझ प्रहरी वृत्त गौशालामा बलात्कार गरेको उजुरी परेका थियो ।

सन्दीपकै विषयलाई लिएर क्यान बैठक बस्न लागेको हो । अध्यक्ष चतुरबहादुर चन्द आजै धनगढीबाट काठमाडौं आउँदै छन् । अध्यक्ष चन्दका अनुसार क्यानको बैठक साँझ बस्नेछ ।

‘सन्दीपको विषयमा मात्रै होइन । अरु एजेन्डाका कारण पनि बैठक बस्न लागेको हो । सन्दीपको कुरामा हामी नियम अनुसार नै कदम चाल्छौँ । सन्दीपविरुद्ध आरोप लागेको हो । प्रमाणित भएको होइन । हामी अनुसन्धान गर्न सघाउँछौँ ।’

बैठकले कप्तान सन्दीपलाई दिएको जिम्मेवारीबाट हटाउन सक्नेछ । भदौ ५ गते पिंगलास्थानको काठमाडौं होटल इनमा राखेर बलत्कार गरेको बयान दिएकी थिइन् ।

६ गते केन्या भ्रमण गरेको नेपालले घरेलु टिमसँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको थियो । सन्दीपको कप्तानीमा खेलेको नेपालले सिरिज ३–२ ले जितेको थियो । केन्याविरुद्धको एकदिवसीय अभ्यास सिरिजअगाडि नै उनी क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज उडेका थिए ।

twitter.com @jagaranpost

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५