हलिउडका प्रख्यात अभिनेता मोर्गन फ्रीम्यानले नेपाली पहिरन लगाएर पिङ खेलेको तस्वीर आफ्नो फेसबूक अकाउन्टमा अप्लोड गरेका छन् ।
दशैंको बारेमा तीनवटा अनुच्छेद पनि उनले तस्वीरसँगै राखेका छन् ।
पिङ खेल्नुलाई उनलाई प्रतीकात्मक रूपमा सामान्यताबाट माथि उठ्नुका रूपमा व्याख्या गरेका छन् ।
दशैं खराबमाथि असलको विजयभन्दा बढी भएको उनको भनाइ छ । आफूभित्र हुने लडाइँलाई स्वीकार गर्नु र संसारका सबै असल कुरालाई स्वागत गर्नका लागि आफूलाई खुला छाड्नु पनि दशैंको अर्थका रूपमा उनले लिएका छन् ।
स्टोरी अफ गड नामक वृत्तचित्रको छायांकनका क्रममा काठमाडौं आएको क्षणलाई कहिले पनि नबिर्सने फ्रीम्यानको भनाइ छ । दशैंको परम्परामा रमाउँदा आफूप्रति नेपालीहरूले देखाएको मायालाई पनि भुल्न नसक्ने फ्रीम्यान लेख्छन् ।