न्युजिल्याण्डका ४० औँ प्रधानमन्त्री श्रीमती जेसिन्डा केट लौरेल आर्डर्न् (१९८०–) त्यहाँको लेबोर पार्टीको नेता रहिसेकेकी युवा राजनीतिज्ञ हुन् । यिनी विश्वकै कान्छी महिला सरकार प्रमुखको सूचीमा पर्ने नेता हुन् ।

न्युजिल्यान्ड प्रशान्त महासागरको एक टापु देश हो । यो देशको राष्ट्र प्रमुख बेलायतकी महारानी हुने गर्छिन ।
यिनी आफूलाई प्रजातान्त्रिक समाजवादी तथा प्रगतिशील भन्न रुचाउँछिन् । राजनीतिमा प्रवेश गर्नुअघि २००१ मा यिनी त्यहाँका तत्कालीन प्रधानमन्त्री हेलेन क्लार्कको कार्यालयमा अनुसन्धाताका रुपमा काम गर्थिन् भने त्यसपछि तत्कालीन ब्रिटिश प्रधानमन्त्री टोनी ब्लेयरको कार्यालयमा नीति परामर्शदाताको रुपमा पनि सक्रिय रहिन्।

१९९० मा पाकिस्तानका प्रधानमन्त्री बेनजीर भुट्टो पदमा रहँदै सुत्केरी भएको रेकर्डमा थपिँदै जेसिन्डा २०१८ मा सुत्केरी भइन् । उनी प्रधानमन्त्री कार्यालयमा बच्चा काखमा लिएर पनि काम गर्छिन् । त्यसैगरी संसदमा बोल्न पुग्छिन् । त्यसो त आजकाल धेरै विदेशी महिला सांसद वा राज्यका अधिकारीहरू काखमा दूधे बालक भएमा कार्यालयमै राखेर पनि काम गर्छन् (फोटो) ।

यिनको स्वभाव र मनका आवेगहरू कताकता पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो भएको चर्चा सुनिन्छ। यो प्रस्तुतिमा उनले सुपरवुमन भनेकोलाई मिल्दो भावका लागि अनुवाद गर्दा, असल र भरोसायोग्य मित्रको सल्लाहअनुरुप ‘महान् महिला’ बनाइयो । ठीक भयो कि बेठीक, साथीहरूले नै परख गर्नुहोस्–
“I don’t want to appear to be superwoman because we should not expect women to be superwomen.”
प्रस्तुती : चन्द्रमणी गौतम