पाकिस्तानमा मानवीय संकटको खतरा : डब्ल्युएचओ

Bijay Gyawali २३ भाद्र २०७९, बिहीबार ०८:५१
एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको हो ।
एक दशकयताकै ठूलो बाढीले सयौ घर बगाएको छ भने सडक खण्ड भत्कीएका छन् । त्यस्तै बाढीले लाखौँ हेक्टर भूभागमा लगाएको बालीनाली नष्ट भएको छ ।
अधिकांश भूभाग जलमग्न छ । बाढीले ठूलो महासागर बनेको छ ।  बाढीले अकल्पनीय संकट ल्याएको छ । जुनदेखि सुरु भएको वर्षा सिजनमा अहिलेसम्म १२ सय जना बढीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन् ।
बाढीले ३ करोड ३० लाख पाकिस्तानी प्रभावित भएका छन् । देशको उत्तरी स्वात उपत्यकामा बाढीले पुल, सडक बगाउँदा  दर्जनौ गाउँसँगको सम्पर्क टुटेको छ ।  पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसलाई त्यहाँबाट सुरक्षित क्षेत्रतर्फ जान भनिएको छ ।
यस वर्षको कीर्तिमानी मनुसनलाई सन् २०१० को विनाशकारी बाढीसँग तुलना गरिएको छ । उक्त बाढीमा २ हजार जनाको मृत्यु भएको थियो । देशको करिब आधा कपास बाली बगेको र तरकारी, फलफूल र धान खेतीमा ठूलो क्षति भएको उनले बताए । बाढीबाट १० अर्ब डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८