रुसले नियन्त्रणमा लिएका अधिकांश भुभाग फिर्ता लिएको युक्रेनको दाबी

Bijay Gyawali २३ भाद्र २०७९, बिहीबार ०९:३०

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस नियन्त्रित आफ्ना धेरै बस्तीहरू पुनः कब्जामा लिएको दाबी गरेका छन् ।

एक भिडियो सन्देश जारी गर्दै उनले पूर्वी खार्किभ क्षेत्रमा युक्रेनी सेनाले सफलता हासिल गरेको जानकारी दिएका हुन् । उनले यसलाई सुखद समाचारको संज्ञा दिएका छन् । जेलेन्स्कीले कुन ठाउँहरू पुनः आफूले कब्जा गरेको भन्ने खुलाएका छैनन् ।

राष्ट्रपति जेलेन्स्कीले २७ अर्ब डलर भन्दा बढी देशको पैसा युद्धका क्रममा रक्षामा खर्च भएको जानकारी दिएका छन् । यसले आगामी आर्थिक वर्षलाई प्रभावित पारे पनि पेन्सन जस्ता मुख्य सामाजिक प्रावधानहरू कायम राखिने उनको भनाइ छ ।

युक्रेनी सेनाले पनि खार्किभ र डोनेट्स्क क्षेत्रमा रुसी सेनालाई हराएको जनाएको छ । अमेरिकाले पनि युक्रेनले रुसी सेनाहरू विरुद्ध विस्तारै तर अर्थपूर्ण प्रगति गरिरहेको जनाएको छ ।

युक्रेनले पछिल्ला साताहरूमा पूर्व र दक्षिण क्षेत्रमा सैन्य परिचालनको बन्दोबस्ती कडा पारेको छ ।

युक्रेनी सैनिकहरूले खार्किभको दक्षिण–पूर्वमा, डोनेस्कको पूर्वी क्षेत्रतर्फ रुसी सेनाविरुद्ध आक्रमण थालेको छ । ति क्षेत्र युद्ध सुरु भएदेखि नै रुसको नियन्त्रणमा रहेका छन् ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६