खर्चिलो र भड्किलो चुनाव लड्न नसक्ने भन्दै आफूलाई सिफारिसमा नपार्न आग्रह

Bijay Gyawali २३ भाद्र २०७९, बिहीबार १५:५९

नेकपा माओवादी केन्द्र कपिलवस्तुका इञ्चार्ज कमल चुदाली पौडेलले आफूलाई उम्मेदवार सिफारिस नगर्न पार्टी नेताहरूलाई आग्रह गरेका छन्।

उनले बिहीबार सामाजिक सञ्जालमा ‘स्टाटस’ राख्दै निर्वाचन प्रणाली खर्चिलो भएकोले आफू चुनावमा उठ्न नसक्ने बताएका हुन्।

उनले उम्मेदवार भएर खर्च गर्ने आर्थिक सामर्थ्य आफूसँग नभएकाले प्रत्यक्ष र समानुपातिक कतै पनि सिफारिस नगर्न आग्रह गरेका हुन्।

कपिलवस्तु क्षेत्र नंं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा प्रस्ताव भएका उनले आफू उम्मेदवार नबन्ने घोषणा गरेका हुन्।

‘यो महँगो निर्वाचन प्रणाली ठेगानमा नआउञ्जेल चुनाव मेरो लागि असम्भव छ, सरी,’ उनले लेखेका छन्, ‘विशुद्ध राजनीति मात्रै गर्नेले अब चुनाव जित्न सक्दैनन्, जसले करोड वा लाखौँ खर्च गर्नसक्छ उनैले जित्छन् ।’

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८