बिश्वकप छनौट खेल खेल्नको लागी श्रीलंका जाँदै नेपाली क्रीकेट टिम

Subodh Regmi १० फाल्गुन २०७९, बुधबार ०९:०३

काठमाण्डौ – सन् २०२४ मा श्रीलंकामा हुने यू-१९ क्रिकेट विश्वकपको छनोट खेल्न नेपाली टिम बुधबार युएई जाँदैछ।

युएईमा हुने छनोट प्रतियोगितामा नेपालसहित घरेलु टिम युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुर गरी ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ।

शुक्रबारदेखि सुरु भएर २ मार्चसम्म हुने प्रतियोगिताको च्याम्पियन टिमले आगामी वर्ष हुने विश्वकपमा स्थान बनाउनेछ।

नेपालले सन् २०१६ देखि यू-१९ विश्वकपमा स्थान बनाउन सकेको छैन। सन् २०१८, २०२० र २०२२ गरी नेपालले तीन वटा यू-१० विश्वकप गुमाइसकको छ।

सन् २००० मा पहिलो पटक यू-१९ विश्वकप खेलेको नेपालले त्यसपछि २००२, २००४, २००६ र २००८ गरी लगातार पाँच विश्वकप खेलेको थियो। सन् २०१० मा छनोट हुन नसकेको नेपालले २०१२ को विश्वकप पनि खेलको थियो।

यसपटक विश्वकपमा पुग्ने लक्ष्यका साथ तयारी गरेको नेपाली टिमको कप्तानमा देव खनालको पुनरागमन गरेका छन्।

यसअघि गत वर्ष गुल्शन झा नेपालको कप्तान बनेका थिए। उनी सिनियर टिममा समावेश भएपछि देवलाई फेरि कप्तान बनाइएको हो। गुल्शनको स्थानमा आकाश चन्दलाई राष्ट्रिय टिमम स्थान दिइएको छ।

गुल्झन अघि देव नेपालको कप्तान बनेका थिए। देवले गत वर्ष यू-१९ एसिया कपमा नेपालको नेतृत्व गरेका थिए। त्यसपछि राष्ट्रिय टिममा परेका देव पछिल्लो समय यू-१९ टिममा मात्र थिए।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५