पृथ्वीचोकमा स्कुटर दुर्घटना हुँदा २७ वर्षीया युवतीको मृत्यु

Subodh Regmi १० फाल्गुन २०७९, बुधबार १३:३४

कास्की, पोखरा –  पृथ्वीचोकमा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

आज (बिहीबार) बिहान पोखराको पृथ्वीचोकबाट बुद्धचोकतर्फ जाँदै गरेकाे ग १५ प २४७६ नम्बरको स्कुटरलाई सोही दिशाबाट गएको ना ८ ख ५२५१ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक पाेखरा २६ बुढीबजार निवासी २७ वर्षीया रेजिना आचार्यको मृत्यु भएको हो ।

बिहान करिब ९ बजे भएको उक्त दुर्घटनामा घाइते आचार्यलाई उपचारका लागि पश्चिमाञ्चल सामुदायिक अस्पताल लगिएकाेमा चिकित्सकले मृत घाेषणा गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार दुर्घटना हुनेबित्तिकै बस चालक फरार भएका थिए ।

सडकमा खाल्डाखुल्डीकाे कारण स्कुटर अनियन्त्रित हुन पुगेकाे स्थानियले जनाएका छन् । रेजिनाको आज गाडीकाे ट्रायल रहेको बुझिएको छ ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५