काठमाण्डौ – राष्ट्रपति निर्वाचनलाई लिएर नेकपा एमालेले नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको छ ।
एमालेले नेता सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेद्धारी दिएलगतै एमालेले एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको हो । राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै एमालेले १० पुसको सहमतिलाई पनि आधार बनाएको छ । तर १० पुसको सहमतिमा एकीकृत समाजवादी सहभागी थिएन ।
केही समय अघिसम्म एकीकृत समाजवादीलाई पार्टीको हैसियतमा मान्न तयार नभएको एमालेले अध्यक्ष माधवकुमार नेपाललाई सम्वोधन गरी औपचारिक पत्र पठाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सम्वोधन गरी पत्र पठाएका छन। एमालेको पत्रलाई समाजवादीका नेताहरुले सकारात्मकरुपमा लिएको बताईएको छ ।